राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक बस्दै
२४ फागुन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय लिनका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने जनाइएको छ ।
राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ, प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply