जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु
२४ फागुन, सिरहा । सिराहाको गोलजबरा नगरपालिका–३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका–३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।
खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपरान्ह्र करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थमै मृत्यु भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्राज पाण्डेले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिए लगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमाण्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पअताल ल्याएको छ ।
मंगलबार अपरान्ह हात्तीको आक्रमणमा युवकको मृत्यु भए लगत्तै राति पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिएका छन् । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरी समेतको सहयोगमा स्थलगत अनुगमन गरिँदैछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply