उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म ६१० मत खस्यो
३ चैत, काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ६१० मत खसेको छ ।
जसमा संघीय संसद् मतदान केन्द्रमा २१८ र प्रदेश सभा मतदान केन्द्रमा ३९२ मत खसेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । रामसहायप्रसाद यादव अष्टलक्ष्मी शाक्य र ममता झा उपराष्ट्रपतिको दौडमा छन् ।
मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन् ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ । निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ५ बजे परिणाम आउने र आजै नव निर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply