सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा
४ चैत, काठमाडौं । कोशी प्रदेश नामकरविरुद्धमा हुनसक्ने सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
नामकरणको विरोधमा पहिचान पक्षधरको आन्दोलनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
स्थानीय प्रशासनले शनिबार एक सूचना जारी गदै विराटनगरको अस्पताल चोक क्षेत्रमा रहेको प्रदेशसभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोक र मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।
यस्तै जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकलाई पनि प्रशासनले निषेधित क्षेत्र तोकेको छ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
चैत ५ गते कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको नामकरणको माग सहित १ नं प्रदेश पुनःनामकरण संयुक्त संघर्ष समितले प्रदर्शनको तयारी गरेको छ।
समितिले राजधानी विराटनगरमा वृहत् प्रदर्शनको तयारी गर्दैछ। प्रदर्शनको जानकारी पाएपछि स्थानीय प्रशासनले अघिल्लो दिन शनिबार नै निषेधित क्षेत्र घोषणा गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply