चालक दलका तीन सदस्यसहित नेपाल एयरलाइन्सका सात कर्मचारी निलम्बन
७ चैत, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।
ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा सिट क्षमताभन्दा १०५ किलो बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।
सोमबार ताप्लेजुङबाट काठमाडौँ आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ किलो बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।
उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ । यस विषयमा निगमले थप अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । साथै निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply