उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
१२ चैत, काठमाडौं । आउँदो बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनको लागि दल दर्ता गर्ने समय आइतबार सकिँदैछ । निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।
आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नु पर्दछ ।
आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यसैगरी, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने छ ।
यसअघि रवि लामिछानेले जितेको चितवन –२, रामचन्द्र पौडेलले जितेको तनहुँ १ र रामसहायप्रसाद यादवले जितेको बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply