एमाले ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा बैठक
१४ चैत,काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा बैठक राखेको छ ।
पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सात वटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते, गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ ।
मधेस प्रदेशमा वैशाख १४ र १५ गते, कोशी प्रदेशमा वैशाख १६ र १७ गते, गैरभौगोलिक क्षेत्रमा वैशाख १८ र १९ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ । प्रदेश तहमा गरिएको समीक्षाको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ । सोही प्रतिवेदनको आधारमा पार्टीले आगामी कार्ययोजना बनाउने बताइएको छ ।
समीक्षा बैठकमा प्रदेशमा खटिएका पार्टीका केन्द्रीय उपाध्यक्षको सहभागितामा हुनेछ । बैठकमा प्रदेशभरि खटिएका सबै केन्द्रीय सदस्य रहने छन् । एमालेले चैत २० गतेभित्र मिसन ग्रासरुट अभियान सम्पन्न गर्न निर्देशन दिएको छ । पालिकास्तरमा चैत २० देखि २५ गतेसम्म पालिका तह समीक्षा र जिल्लास्तरमा चैत २५ देखि ३० गतेसम्म समीक्षा बैठक राख्न भनिएको छ ।
महासचिव पोखरेलद्वारा जारी सर्कुलरमा मिसन ग्रासरुट अभियान योजनाअनुसार नै अघि बढिरहेको भए पनि कतिपय स्थानमा उद्देश्यभन्दा भिन्न परम्परागत राजनीतिक गतिविधि जस्ता बन्न पुगेका जनाइएको छ ।
‘कतिपय ठाउँमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र गतिविधि हुने गरेको देखिएको छ भने केन्द्रीय प्रतिनिधि उपस्थित हुन नसकेको केही ठाउँमा अभियानको नेतृत्व कसले गर्ने भन्ने हो अवस्था रहेको छ’, सकुर्लरमा भनिएको छ ।
हिमाली क्षेत्रमा कतिपय पालिकामा हिमपातका कारणले अभियान सुरु हुन नसकेको बताइएको । एमालेले गत फागुन ५ गतेदेखि पार्टी सदस्यता वितरण गर्ने, आधारभूत तहका कमिटीको गठन-पुनःगठन र अधिवेशन गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।
मिसन ग्रासरुट अभियानमा एमालेले पार्टीका उपाध्यक्षलाई सात प्रदेशको संयोजन र केन्द्रीय सदस्यलाई सात सय ५३ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि खटाएको छ ।
सम्बन्धित समाचार
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
Leave a Reply