विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
![विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा](https://ebudhabar.com/wp-content/uploads/2023/03/koshi-jhadap-1024x542.jpg)
१४ चैत, विराटनगर । पहिचान पक्षधरको आन्दोलनका कारण मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेष चोक नजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा बर्साएका छन् । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका हुन् ।
आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि पाँच राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको छ । कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले आज (मंगलबार) विराटनगरमा जनप्रदर्शन गरेका हुन् ।
यस्तै कोशी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरूले उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट समेत गरेका छन् । पहिचानवादीले कोशी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ । उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन् । आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । आन्दोलनकारी उनलाई शहीद घोषणा गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply