एसईई आजदेखि शुरु,चार लाख ८५ हजार विद्यार्थी सहभागी
१७ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु हुँदैछ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
एकै वर्ष दुई वटा एसईई
वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।
त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।
आवेदन दिएकाभन्दा ३१ हजार कम परीक्षार्थी
यो वर्ष एसईईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कूल पाँच लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा चार लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुँदै छन् ।
यो ग्याप गत वर्षहरूको तुलनामा बढी भएको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर भक्त गोदार बताउँछन् । वर्ष २०७८ को एसईईका लागि आवेदन दिएका पाँच लाख १४ हजार ९७७ ले विद्यार्थीमध्ये चार लाख ८५ हजार ७५१ जना परीक्षामा सहभागी भएका थिए ।
१४ परीक्षार्थी जापानबाट पनि
यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको गोदारले बताए । सहभागीमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६३८ परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।
घरपायक केन्द्र, विज्ञानको परीक्षाअघि बिदा
यस वर्षको एसईईमा चैत २१ गते हुने विज्ञानको परीक्षाका लागि चैत २० गते बिदा दिइएको छ । गत वर्षहरूमा विज्ञानको नतिजा कमजोर भएपछि नतिजा सुधारका लागि बिदाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
वर्ष २०७८ को एसईईमा सबैभन्दा धेरै एक लाख ६ हजार ५१३ जना विद्यार्थीले सी ग्रेड ल्याएपछि यस्तो विकल्प अपनाइएको हो । यसवर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीका लागि घरपायक केन्द्रको व्यवस्था गरिएको छ । यसअघि, त्यस्ता विद्यार्थीका लागि जिल्ला सदरमुकाममा एउटै मात्र केन्द्र राखिने गरेकोमा यसवर्षदेखि घरपायक विद्यालयहरूलाई केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
सहयोग र समन्वयका लागि आग्रह
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply