मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
१९ चैत,रौतहट । रौतहटका एक नगरपालिकाका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह छन् । मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँ समेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगर प्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीमा शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । परीक्षा हलबाट समातिएका साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply