मधेश सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा
![मधेश सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा मधेश सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा](https://ebudhabar.com/wp-content/uploads/2023/04/emale-mantri-1024x442.jpg)
२१ चैत, जनकपुरधाम । मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।
उनीहरु सबैले राजीनामा दिएका हुन् । सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेका थिए ।
२७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए । एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply