२४ चैत्र २०७९, शुक्रबार ०४:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
![पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय](https://ebudhabar.com/wp-content/uploads/2023/04/Padam-Bahadur-Limbu-Dharan.jpg)
२४ चैत, काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम (लाजेहाङ) लिम्बूलाई सरकारले शहीद घोषणा गरेको छ ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए ।
कोशी प्रदेश नामकरणविरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह–कमान्डर थिए । लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply