विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन
२६ चैत, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेच्ने काम दण्डनीय भएको स्मरण गराएका छन् ।
उनले विद्यालयले किताब र पोसाक सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै यो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको बताएका हुन् । मेयर शाहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाक समेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।
उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन् । सम्पूर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ, उनले लेखेका छन् । महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएर चैत १७ गते नै प्रेस विज्ञप्ति समेत निकालेको थियो । महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply