मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग छलफलको तयारी
२६ चैत, काठमाडौं । न्याय माग्दै काठमाडौँ आएको मिटरब्याजी पीडितको दोस्रो टोलीले सरकारसँग वार्ताका लागि तयारी गरेको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन्।
वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन्।
गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो। सरकारको तर्फोबाट वार्ता टोलीमा कोइरालासहित गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्।
सरकारले वार्तामा बोलाएपछि आइतबार नै पीडितहरूले वार्ता टोली बनाएर सरकारसँग छलफल गर्ने तयारी गरेका थिए। तर सोमबार मात्रै वार्ता टोली बनेपछि सरकारसँग वार्ताका लागि संवाद गरेको जानकारी अभियन्ता नवीनले जानकारी दिए।
सरकारको वार्ता टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजधानीबाहिर भएकाले उनी फर्किएपछि छलफल गरेर वार्तामा बोलाउने जानकारी दिएको उनले बताए। ‘सम्भवत: आजै वार्ता हुन्छ, उहाँहरूले आन्तरिक छलफल गरेर वार्तामा बोलाउँछौँ भन्नुभएको छ, उनले बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply