सन्दीपविरूद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा

२६ चैत, काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज (आइतबार) सुनुवाई हुँदैछ । मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।
फास्ट ट्रयाकबाट मुद्दाको किनारा लगाउन सर्वोच्चको आदेश भएसँगै सन्दिपको मुद्दा पटक–पटक पेसी चढेर हेर्न नभ्याइने सूचीमा परेको थियो । उक्त मुद्दाको आज अन्तिम सुनुवाई हो । सुनुवाई १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको छ । प्राथमिकतामा परेकोले आज उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ ।
परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध भदौ २१ गते बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालत पाटनले बदर गरेर पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको थियो । उनी पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply