अहिलेको गठबन्धन सरकारले कुकर्म गरिरहेको छ : ओली

२७ चैत, नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा आज (सोमबार) युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकारको संज्ञा दिए ।
उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए । ‘कुनै बेला पञ्चायत पनि थियो । तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो । घाम रहुञ्जेल पञ्चायत रहन्छ भनिन्थ्यो । हामीले केही समयपछि नै ढल्छ भन्यौं । हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं । त्यो पनि समाप्त भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा पनि कतिपय विकृतिहरू आएको छ । गठे संस्कृत, यो गठबन्धनको संस्कृति । जसमा राजनीति छैन, विचार छैन । जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ, उनले भने ।
उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए । उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए । उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply