ढाकाकुमार श्रेष्ठका विषयमा निर्णय लिन रास्वपाको वैठक बस्दै
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको बताइएको छ ।
व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न पार्टीको बैठक बस्न लागेको हो । लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।
उनले पठाएको स्पष्टीकरण अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले अडिओको आवाज सम्पादन गरिएको उल्लेख गरेका छन् । झण्डै एक घण्टा लिइएको बयानमा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको बताउँदै समस्यामा परेका बेला पार्टीभित्रैबाट एकल्याउने काम भए ‘कोर’ टिमका विषयमा बोल्न वाध्य हुने धम्की दिएको रास्वपाका एक नेताले बताएका छन् ।
यसअघि मंगलबार रास्वपाको अनुशासन आयोगको बैठक बसेको थियो । समितिले मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई अडियोसम्बन्धी प्रतिवेदन बुझाएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply