दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर
२९ चैत,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ ।
अडियो सार्वजनिक भएसँगै अनुशासन आयोगले छानबिन थालेको थियो । अडियो श्रेष्ठकै भएको ठहर गर्दै आवश्यक कारबाही अगाडि बढाउने रास्वपाले तयारी गरेको छ । रास्वपाको आज केन्द्रीय समितिको बैठक बसेर थप निर्णय गर्ने रास्वपाले जनाएको छ । श्रेष्ठले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै इडिट गरिएको बताउँदै आएका थिए । पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीन पन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् ।
हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ, अनुशासन समितिका एक सदस्यले भने, उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनु भएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उहाँको नै हो । अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply