सिरहा अस्पतालमा आगलागी, एक जनाको मृत्यु
२९ चैत, सिरहा । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीका कारण प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग मच्चिएको थियो । त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतको कमी भएकाले रगत चढाइएको थियो ।
आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठ बिरामीले डायालासिस गराइरहेका थिए ।
पहिलेदेखि सिकिस्त दासको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले जानकारी दिएका छन् । अरु
वार्डमा पनि भर्ना भएका बिरामीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिबेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपाल बाहिर रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply