सुरक्षा निकायलाई दबाव र चलखेलमुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ
५ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलमुक्त बनाउने दावी गरेका छन् ।
आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताए । उनले अगाडि भने, अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ ।
सुरक्षा निकाय राष्ट्रको गौरव हुुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताए । सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्यो भने मनोबल उठ्दैन, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजपीडितलाई न्याय दिएरै छाड्ने पनि बताएका छन् । उनले पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको बताएका छन् । उनले पीडितलाई न्याय दिन कानुन संशोधनका कुरा र आयोगमार्फत् यथार्थ विवरण संकलन गर्ने बताए । ‘मिटर ब्याजपीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं । उहाँहरूको मागप्रति हामी सकारात्मक छौं । उहाँहरूले न्याय पाउनु पर्छ भनेरै विभिन्न पहलकदमी अगाडि बढाएका छौं उनले भने ।
उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कानुन संशोधन गरी निर्माण पक्रिया अगाडि बढाएको बताए । उनले सरकारले गठन गरेको आयोग प्रतिवेदनमात्र बनाउन नबनेको प्रस्ट पारे । यो आयोग प्रतिवेदनमात्र बनाउने होइन । पीडित र पीडकको विवरण संकलन गरेर यथार्थ पता लगाउने हो। त्यहीअनुसार हामीले कारबाही प्रक्रिया अगाढि बढाउने हो, उनले भने । उनले पीडितसहितको संयन्त्र हरेक जिल्लामा बनाउने घोषणा समेत गरे ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply