बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु
६ वैशाख, महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्रयाक नजिक दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनै जना मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।
सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ड्रमा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply