बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

६ वैशाख, महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्रयाक नजिक दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनै जना मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।
सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ड्रमा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply