प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिममा
७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी थालिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव भरतराज पौड्यालले भारत भ्रमणबारे सम्बद्ध अधिकारीहरुसँग परामर्श थालेका छन् ।
भ्रमण तयारीका लागि बिहीबार दिनभर भ्रमणसँग सम्बद्ध विभिन्न मन्त्रालय सरकारी निकायका अधिकारीहरुसँग मन्त्री र सचिवले बैठक गरेका छन् । प्रधानमन्त्रीको भ्रमण वैशाख अन्तिम साता गर्ने गरी मन्त्रालयले तयारी थालेको स्रोतले जानकारी दिएको छ ।
अहिलेसम्मको स्थितिमा १० मे (२७ वैशाख) यता भ्रमण हुने देखिँदैन’ स्रोतले भन्यो, ‘१०–१७ मेको बीचमा हुने गरी तयारी थालिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले प्राथमिकताको शीर्ष स्थानमा राखेकैले ३ वैशाखमा कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन् ।
नेपाली कांग्रेसका भागमा परेका केही मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । सरकारको नेतृत्व सम्हालेलगत्तै प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । तर, राष्ट्रपति निर्वाचनका सम्बन्धमा एमालेसँग किचलोका कारण तत्काल उनको नयाँदिल्ली भ्रमण हुन सकेन ।
एमालेसँगको समीकरण भत्किएपछि राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका कारण उनको भ्रमण मिति तय हुन सकेको थिएन । यद्यपि बिहीबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण तय भइनसकेकोे बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने कुरा भए पनि टुंगो लागिनसकेको बताइन् ।
प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ । तर मिति तय भइसकेको छैन । भारत छिमेकी राष्ट्र हो । छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा के कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषदबाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो, उनले भनिन्, अहिले छलफलको विषय प्राथमिकीकरण भएको छैन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply