ओमानविरुद्ध कुशलको अर्धशतक
८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘ए’ अन्तर्गत ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्लले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस रोजेर फिल्डिङ रोजेपछि घरेलु टिम ब्याटिङमा उत्रिएको थियो । दुवै ओपनरलाई शून्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ३० बलमा ६ चौका र एक चौकासहित इनिङको पहिलो अर्धशतक बनाएका हुन् ।
उनीसँगै क्रिजमा रहेका आरिफ शेख ३८ बलमा २७ रन बनाएर खेलिरहेका छन् । यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए । पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले २९.३ ओभरमा चार विकेट गुमाएर एक सय ३७ रन बनाएको छ । ओमानका लागि विलाल खान, कलिमुल्लाह, जिशन मक्सुद र फयाज बटले एक–एक विकेट लिएका छन् । नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply