चितवन–२ मा ७३ हजार ४५६ जनाले गरे मतदान
चितवन । चितवन–२ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।
चितवन–२ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो ।
मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३ प्रतिशत मत खसेको थियो । आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो । कृष्णपुरमा तत्कालै सुचारु भए पनि नयाँकिरणमा भने करिब ४ घण्टा मतदान रोकिएको थियो ।
बिहान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि मात्रै सुचारु भएको थियो । त्यो मतदान केन्द्रमा निर्धारित समयपछि पनि मतदान हुने बताइएको छ । त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मदतान हुने बताइएको छ । चितवनका केही केन्द्र छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा भएको एसपी रामेश्वर कार्कीले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply