बारा–२ मा उपेन्द्र यादव निर्वाचित
१३ वैशाख, बारा । बारा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।
त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे । आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन मंसिर ४ मा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव निर्वाचित भएका हुन् । पाँच महिनाअघि पराजित यादवको संसद् छिर्ने चाहनाले रामसहायलाई उपराष्ट्रपति बनाएका थिए । अहिले निर्वाचित भएसँगै उनको संसद् छिर्ने चाहना पूरा भएको छ ।
०६३/०६४ पछि मधेस राजनीतिमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभामा मोरङ–५ बाट पराजित भएका उनी सुनसरी–५ बाट निर्वाचित भए । ०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply