एसीसी प्रिमियर कप: समूह चरणको अन्तिम खेलमा आज नेपाल कतारसँग भिड्दै
१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा अपराजित नेपाली टिम आज (बिहीबारल) कतारसँग भिड्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।
समूह ‘ए’ बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्ने छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
यता यसअघिका तीन वटै खेलमा हार बेहोरेको कतारका लागि भने योे प्रतिष्ठाको खेल मात्र हुनेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले, दोस्रो खेलमा साउदी अरेबियासँग सात विकेटले र तेस्रो खेलमा मलेसियासँग तीन विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा आजै समूह ‘बी’को अन्तिम खेलमा हङकङले कुवेतविरुद्ध खेल्दै छ । यो खेलमा जित निकाल्ने टिम समूह ‘बी’बाट सेमिफाइन प्रवेश गर्ने दोस्रो टिम बन्नेछ । यो समूहबाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले यसअघि नै सेमिफाइनलको टिकट काटिसकेको छ ।
मुलपानी क्रिकेट रंगशालामा हुने हङकङ र कुवेतबीचको खेल पनि बिहान नौ बजेदेखि सुरु हुनेछ । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’ मा, हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply