गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ मा विश्वासको मत लिने
१७ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
१४ गते नियुक्त मुख्यमन्त्रीले १५ गते पद तथा गोपनीयताको शपथ लिँदै आफ्नो कार्यभार सम्हालेका पाण्डेले नियुक्त भएको आठौँ दिनमा विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
हाल प्रदेश सभाको अधिवेशन चालु छैन । मुख्मन्त्रीले विश्वासको मत लिने निर्णयसँगै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्तासमेत रहेकी विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश सभाको अधिवेशन २१ वैशाख बिहीबारका दिन १४ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गरेका छन्। ६० सदस्य प्रदेश सभामा चार दलको प्रतिनिधित्व रहेको छ । ६० सदस्यमध्ये नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित एकजना सदस्य छन् ।
बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन अवश्यक रहन्छ । पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका २७, माओवादीका सात र स्वतन्त्र एक गरी ३५ जनाको समर्थनमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेका २२ र राप्रपाका दुई गरी २४ जनाको समर्थन पाण्डेलाई छैन । हालको समीकरण हेर्दा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २४ मत छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply