तातोपानी नाका दुईतर्फी खुला, सामान आयात–निर्यात हुँदै
१८ वैशाख, काठमाडौं । तातोपानी नाकालगायतका नेपाल र चीनबीचका सबै नाकाहरु आज (सोमबार) देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार नाकाहरु खोल्न लागिएको हो । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका पनि खुल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै २०७६ चैत ११ गते कोभिड–१९ को संक्रमण बढ्दै गएपछि रसुवागढी–केरुङ नाका पनि बन्द भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply