२१ बैशाख २०८०, बिहीबार ००:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज
२१ वैशाख, काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । उनले खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply