सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने
२२ वैशाख,काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने भएको छ । आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गत पुस १० मा नेकपा एमालेको प्रस्तावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको प्रस्ताव लिएर जाँदा रास्वपाले समर्थन दिएको थियो । त्यसको अर्को दिन रास्वपाका सभापति रवि लामिछाने दाहाल सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्रीलाई पुस २६ मा रास्वपासहित २७२ सांसदले विश्वासको मत दिएका थिए ।
तर, लामिछानेको नागरिकता बैध नभएको भन्दै निर्वाचन आयोगमै हालेको उजरी आयोगले सुनुवाई नगरेपछि संवैधानिक इजलासबाट माघ १३ मा फैसला भएको थियो । फैसलाबाट उनको नागरिकता अवैध ठहर भएपछि पार्टी सभापति, सांसद र मन्त्री पद गएको थियो ।
रविको पद गएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, सत्ता साझेदार एमालेसँग राष्ट्रपत्ति उपराष्ट्रपतिमा माओवादी केन्द्रको सहकार्य नहुने र कांग्रेसँग हुने निश्चित भएपछ सुरुपमाराप्रपा र त्यसपछि इमाले बाहिरिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाललले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
त्यति मात्र होइन उसले कांग्रेस उमेदवारलाई राष्ट्रपतिमा र जसपा उम्मेदवारलाई उपराष्ट्रपतिमा समेत भोट हालेको थियो । रास्वपा नेता तथा सांसद मनिष झाले एमालेसँगको गठबन्धन भन्दा कांग्रेससहितको गठबन्धन कम्फर्टेवल भएको भन्दै संविधान र व्यवस्था पक्षधरहरुको गठबन्धन उपयुक्त भएको बताएका थिए । तर, प्रधानमन्त्री दाहाललाई दिएको समर्थन १३१ दिन पछि रास्वपाले फिर्ता लिएको हो ।
रास्वपाको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत लिनपर्ने बाध्यता आएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ ले सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’, धारा १०० को उपधारा २ मा भनिएको छ ।
संविधानविद् डा. विपिन अधिकारले सरकारमा रहेका दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्रै विश्वासको मत लिनु पर्ने बताए ।
संविधानविद अधिकारीको तर्क भन्दा संविधानविद राधेश्याम अधिकारीको तर्क भने फरक छ । अधिकारी सरकारको बहुमतमा तात्विक असर नपार्ने दल सरकारबाट बहिरिँदा विश्वासको मत लिनै पर्छ भन्ने बाध्ता नहुने बताउँछन् । ‘जबसम्म सरकारको बहुमतमै असर पार्दैन तब सम्म साना दलहरुले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु पर्दैन’, अधिकारीले भने । राष्ट्रपतिबाट प्रदानमन्त्री नियुति हुँदा समर्थन गर्ने १६८ मध्ये २१ जना रहेको दल रास्वपा बाहिरिएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका सांसदहरुको संख्या अव १४७ कायम देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply