२७ बैशाख २०८०, बुधबार ०५:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गृह सचिव हेरफेर : गृहमा भट्टराई, प्रधानमन्त्री कार्यालयमा सिंह
२७ वैशाख,काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ । हिजो (मंगलबार) को मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
अहिले गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । गृह सचिव टेकनारायण पाण्डे असोज २ मा गृह सचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।
झण्डै सात महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो । यसअघि उद्योग मन्त्रालयबाट भट्टराई प्रधामन्त्री कार्यालयमा सरुवा भएका थिए । पछिल्लो पटक निवर्तमान गृहसचिव पाण्डे भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply