एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
२८ वैशाख,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सुरु हुँदै छ।
तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बिहान ११ बजे सुरु गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठकको मूल एजेन्डा पार्टीले देशभर २ महिनासम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा हो।
यस्तै सचिवालय बैठकका निर्णय अनुमोदन, भ्रष्टाचारको विषय पनि अलि उठ्छ, एउटा प्रस्ताव पारित हुन्छ, उनले भने। नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले बुधबारै सचिव पदबाट निलम्बन गरिसकेको छ।
बैठकको पहिलो दिन आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने तामाङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकका लागि गत मंगलबार पार्टी केन्द्रीय कार्यालयमै बसेको एमाले सचिवालय बैठकले तय गरेको थियो।
वैशाख ३० गतेसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने, प्रदेशको वार्षिक कार्ययोजना निर्माण, केन्द्रीय कमिटीका सदस्यहरूलाई वर्षको एकपटक फरक भूगोलमा खटाउनेलगायत एजेन्डा छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply