भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या , काठमाडौं नै फिर्ता
२८ वैशाख, काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।
आज बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।
ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो, विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत बताउँछ ।
बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केही समयमै काठमाडौंमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply