२८ बैशाख २०८०, बिहीबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सरकारले अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोज्यो : अध्यक्ष ओली
२८ वैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । आज (बिहीबार) बाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।
सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ । एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए । अर्थतन्त्र सुदृढ हुने दिशातिर मुलुक गएको भनेर सरकारले भ्रम सिर्जना गरेको ओलीको भनाइ छ । उनले वर्तमान सरकारले राज्यको ढुकुटीको दोहन गरेको समेत बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply