शरणार्थी प्रकरणबारे तथ्य-प्रमाण खोज्दैछु, ४ गते संसदमा बोल्छु-ओली
२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसदमा तथ्य-प्रमाणसहित बोल्ने बताएका छन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भुटानी शरणार्थी समस्याका विषयमा आफ्नो लामो अनुभवसमेत सुनाएका थिए ।
ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुन:स्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।
‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन, थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपार्इं प्रयास गर्नुस् भन्नुभयो, उनले भने ।
त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । तत्कालीन अमेरकी राष्ट्रपति जर्ज डब्लु बुशले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीले बताए ।
उनले थपे, रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो । मैले भनेँ- हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्यो भनेर उभिएरै प्रस्ताव राखेँ । उहाँले कोन्डालिजा राईससँग कुरा हुँदैछ क्यारे, उहाँसँगै डिटेलमा कुरा गर्नुस भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डिसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला ।
ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए ।
‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु, ओलीले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply