३० बैशाख २०८०, शनिबार ०७:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गुडिरहेको बसमा एक्कासी आगलागी
३० वैशाख, धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी–९ गणेश मन्दिर नजिकै गुडिरहेको बसमा एक्कासी आगो लागेको छ ।
धादिङको खाल्टेबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुवाहक बसमा सर्ट सर्किट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन्। बसको सिटसहित भित्रको पार्ट, बाहिर पनि जलेको छ । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन पाएन, एसपी मिश्रले भने । राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply