प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको जानकारी दिइएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिएका थिए । सभामुख घिमिरेले संसद सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्य गरिरहेको विषय सराहनीय रहेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए । उता सभामुख घिमिरेले पनि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन्’, उनले भने, ‘संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ ।सभामुख घिमिरेले सांसदहरुबाट सदनमा उठेका विषयमा सरकारले जवाफ नदिएको गुनासो सुनाउँदै थपे, ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply