सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।
शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं, शाहले भने ।
रेशम चौधरीको आजीवन कारबासको सजायँ सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए ।
सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् ।
मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको कार्यकालमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको समेत बताए ।
सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे ।
भौतिक पूर्वाधार विकासतर्फ २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर ग्राभेल, ३ वटा पुल, एउटा झोलुंगे पुल निर्माण र ३६ वटा खानेपानी योजना सम्पन्न गरिएको उनले उपलब्धि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply