८ जेष्ठ २०८०, सोमबार ०१:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसदका दुवै सदनको बैठक बस्दै
८ जेठ, काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमले देशको राजनीतिक र आर्थिक समस्या सम्बोधन गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।
राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply