आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा
९ जेठ,काठमाडौँ । आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो (सोमबार) जिम्बाब्वेमा हुने छनोटका लागि नेपालको २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा छन् । नेपाली टोलीले आज (मंगलबार) देखि तयारी थाल्दै छ ।
विश्व कप छनोट प्रतियोगितामा १० देशको सहभागिता छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इण्डिज, जिम्बाब्वे, आयरल्याण्ड र नेदरल्याण्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
१३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्याण्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्याण्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् । विश्वकप छनोटमा लिग–२ बाट नेपाल, स्कटल्याण्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply