ग्यास, बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै राखौं : चन्द्र भण्डारी
१० जेठ, काठमाडौँ । प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै राख्न माग गरेका छन् ।
गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास चुहिएर भएको आगोलागीमा घाइते भएका भण्डारी त्यसपछि आज (बुधबार) पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन् । उनले भने, ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्यो नि’, उनले भने, ‘विद्यार्थीले त जान्नु पर्यो नि । उनले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न लगाउनुपर्ने र यसबारे कानुन बनाउनु पर्ने समेत बताए ।
जलनमा परेर अघिल्लो वर्ष एक सय १० र यो वर्ष आफ्नो आमासहित एक सय ११ जनाको ज्यान गएको भन्दै सांसद भण्डारीले यसलाई गम्भीररूपमा लिनुपर्ने बताए । भण्डारीकी आमा हरिकला भण्डारीको गएको फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई फागुन ४ गते नै थप उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारी गएको वैशाख १७ गते स्वदेश फर्किएका हुन् ।
‘यो मुलुक मेरो हो भन्ने बनाउन सकिएन’
सांसद चन्द्र भण्डारीले ‘यो मुलुक मेरो हो’ भन्ने बनाउन नसकिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दक्ष जनशक्तिको विदेश पलायन बढ्दै गएको भन्दै चिन्ता प्रकट गरे । उनले विद्यालले पनि क्लास निर्माण गरेको भन्दै गरिबका छोराछोरी सरकारी र धनीका छोराछोरी प्राइभेट स्कुलमा पढ्ने अवस्था विद्यमान रहेको बताए ।
हामीले डाक्टर राख्न सक्छौँ, न हामी इन्जिनियर राख्न सक्छौं । न युवा, युवतीहरू राख्न सक्छौँ । न भएको विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउ सक्छौँ । खोलेका स्कुलहरूलाई आधुनिक समयको अनुसार बनाउन सक्छौँ, उनले भने, हामीले त क्लास डिभिजन गर्छौ । गरिबका छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने । यो मुलुक मेरो हो भन्ने बनाउनुपर्यो नि । उनले सरकारले आफूलाई दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न पनि अनुरोध गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply