नेपाल भारतसँग पराजित, फाइनल पुग्न कजाकस्तानसँग खेल्ने
१० जेठ,काठमाडौं । नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेञ्ज कप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा भारतले ३–१ को रोमाञ्चक जित हात पार्यो ।
खेलमा नेपालले चुनौती प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार रोक्न असफल भयो । निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्यो । रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो ।
त्यसअघि तेस्रो सेटमा पहिलो पटक नेपालले १९–२३ बनाएर चार अंकको अग्रता लिएको थियो । तर, प्रगति नाथले सर्भिस कोर्टमा राख्न नसक्दा अंक २०–२३ मा पुगेको थियो । यद्यपि, सरस्वती चौधरीले चतुर्याईपूर्वक अंक जितेपछि नेपाल सेट प्वाइन्ट नजिक पुगेको थियो ।
फेरि एक पटक भारतको सशक्त स्पाइक नेपालले उठाउन नसक्दा अंक २१–२४ मा पुगेको थियो । यद्यपि, भारतको सर्भिस आउट भएसँगै नेपालले तेस्रो सेट २१–२५ ले आफ्नो पक्षमा पार्यो । नेपालले तेस्रो सेट जित्दा निरुता ठगुन्नाले सर्वाधिक ६ तथा सरस्वती चौधरीले चार अंक जोडेकी थिइन् ।
दोस्रो सेटमा भारतलाई कठिन चुनौती दिएको नेपालले २६–२४ ले सेट गुमाउनु पर्यो । प्रतिस्पर्धात्मक सेटमा नेपालले पटक–पटकको अग्रता जोगाउन नसक्दा नजिक पुगेर पनि सफल भएन । राम्रो सुरुआत गरेको नेपालले १३–१६ को अग्रता बनाएको थियो । अन्तिम समयमा २१–२३ को अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई तीन अंक दिएरमात्र एक अंक लिन सक्यो । सोही अंकसँगै २४–२४ मा पुगेको खेलमा भारतले निरन्तर दुई अंक जोड्दै २–० सेटको अग्रता बनायो ।
त्यसअघि पहिलो सेटमा हतास देखिएको नेपालले राम्रो सुरुआत गर्न सकेन । संगम महतोले क्विक स्पाइकमार्फत सेटको दोस्रो अंक जोड्दै १–१ बराबरी गराएकी थिइन् । तर, त्यसपछि डिफेन्स र ब्लकमा निरीह बनेको नेपालविरुद्ध भारतले लगातार अंक जोड्दै अग्रता ११–२ मा पुर्याएको थियो ।
त्यसपछि सम्हालिन नसकेको नेपालले २५–१२ ले पहिलो सेट आफ्नो पक्षमा पार्यो । जितसँगै भारत समूह ‘ए’ को विजेता बनेको छ । सुरुआती दुई खेलमा जित निकालेका भारत र नेपाल सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले समूह ‘बी’ को विजेता कजाकस्तानसँग खेल्ने छ । त्यस्तै भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानको सामना गर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply