२३ जेष्ठ २०८०, मंगलवार ००:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाढीले बगाउँदा एक महिलाको मृत्यु, एक घाइते
२३ जेठ, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् ।
नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ । म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा सोमवार दिउँसो ठूलो पानी परेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply