भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्त पक्षको बहस
२४ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बुधबार) बाट अभियुक्त पक्षको बहस हुने भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्न लागेका हुन् ।
अभियुक्त पक्षको बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यस प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीन जना पूर्व महान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुई पूर्व अध्यक्षले बहस गर्नेछन् ।
पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्ने छन् भने बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्का, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित २४ जना कानुन व्यवसायीहरुले खाँणको तर्फबाट बहस गर्न नाम टिपाएका छन् ।
यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट ११ जना, केशव दुलालको तर्फबाट ७ जना, टेकनारायण पाण्डेको तर्फबाट पाँच जना कानुन व्यवसायीले बहसको लागि नाम टिपाएका छन् भने सन्दीप रायमाझीको तर्फबाट चार जना, इन्द्रजित राईको तर्फबाट चार जना, नरेन्द्र केसीको तर्फबाट तीन जना, गोविन्द चौधरीको तर्फबाट तीन जना, हरिभक्त महर्जनका तर्फबाट दुई जना, आङटावा शेर्पाको तर्फबाट दुई जना र समशेर मियाँको तर्फबाट एक जना वकिलले नाम टिपाएको बताइएको छ ।
थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने छ । त्यसपछि उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय अदालतले लिनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply