मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
२५ जेठ, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । तत्कालीन ब्रिटिस शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलको नक्सासहितको तस्वीर शाहले आफ्नो कार्यकक्षमा राखेका हुन् ।
केही दिनअघि उक्त नक्सा राखिएको शाहको सचिवालयले जनाएको छ । भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको नक्सा राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।
भारतको संसद्मा नेपालको भूगोलसहितको नक्सा राखिएको बारेमा संघीय सरकारले मौन देखिएका बेला बेला मेयर शाहले ग्रेटर नेपालको नक्सा राखेका हुन् । भारतीय संसद्मा राखिएको नक्सबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए । उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply