प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज
३२ जेठ,काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिले कार्कीलाई आज बिहान ८ बजे सिंहदरबार आमन्त्रण गरेको छ ।
लेखा समितिको हलमा कार्कीले प्रधानन्यायाधीश नियुक्त भएपछिका अवधारणा र कार्ययोजना राख्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘उहाँको पहिला प्रस्तुति रहन्छ । त्यसपछि माननीय ज्यूले प्रश्न राख्नुहुन्छ । सुनुवाइ सकिएपछि निर्णय हुन्छ,’ उनले भने ।
बिहान ११ बजे प्रतिनिधिसभा बैठक भएकाले बिहीबार नै सुनुवाइ सक्न समयको दबाब समितिलाई छ । ‘उहाँको कार्ययोजना प्रस्तुत गर्न आमन्त्रण गरेका छौँ । सम्भव भएसम्म आजै निर्णयमा पुग्ने प्रयास गर्छाैँ, समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
सुनुवाइअघि समितिले उजुरीकर्तासँग छलफल गरेको छ ।
२९ जना उजुरीकर्ता रहेकामा सात जनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा आफ्नो धारणा राखेको र त्यसमा समितिले छलफल गरेको कार्कीले जानकारी दिएका छन् । तर, उजुरीकर्ताले भने समितिको वैधतामाथि प्रश्न उठाउँदै छलफल नै बहिष्कार गरेका छन् । २० जना उजुरीकर्ताले संयुक्त समिति गठन गर्ने नियमावली अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको, संवैधानिक परिषद्बाट सिफारिस गर्नका लागि कानुन नभएको विषय उठाएर उजुरीमाथि छलफल गर्न नमानेका हुन् ।
उजुरीकर्ताले छलफल गर्न नमान्दा सुनुवाइ समितिमा बुधबार लामो समय तनाब भएको थियो । समितिले बहुसंख्यक उजुरीकर्ताको विरोधलाई बेवास्ता गरी कर्मकाण्डी रूपमा छलफल सकेर कार्कीलाई सुनुवाइमा बोलाउने निर्णय लिएको हो । उजुरीकर्ता वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधानले आफूहरूलाई बोलाएर समितिले बलमिच्याइँ गरेको आरोप लगाएका छन् । अवैध सिफारिस र अवैध समितिका निर्णयविरुद्ध सडकमा जाने उनले चेतावनी दिए ।
ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कार्कीले उजुरीकर्ताको विरोधबारे निर्वाचित संसद्को नियमावली र संविधानको भावनाअनुसार समिति बनेको भन्दै वैध हो वा होइन भन्ने जवाफ दिन आवश्यक नरहेको जिकिर गरेका थिए । २५ वैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी दिएका वहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईसहित उजुरीकर्ताहरू बुधबार निर्धारित समयमै सुनुवाइ समिति बैठकमा पुगे पनि अधिकांश आफ्नो उजुरीमाथि छलफल नगरी फर्केका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply