शरणार्थी प्रकरण : प्रतिवादी १८ जनाकै बहस सकियो, भोलि आदेश आउने
३२ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए ।
उनीहरु तीन जनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन् । भोलि (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने / नपठाउने आदेश हुने आँकलन गरिएको छ । यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुईजना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply