संसदमा भट्टराईको आह्वान : पूर्वी पहाड ठूलो विपत्तिमा छ, राहत र उद्धारमा जुटौं
३ असार, काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गरे ।
सचिव भट्टराईले भने , केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन् ।
ताप्लेजुङ जिल्लामा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको बताउँदै उनले अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताए ।
‘सिदिङ्गा गाउँपालिकाको मेहेलेका एउटै परिवारका यादव बुढाथोकीको श्रीमती भगीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी, प्रज्वल बुढाथोकी, बेपत्ता छन्, त्यसैगरी आङ्खोपमा थुप्रै घर क्षतिग्रस्त भएका छन, सुरुङखिममा पनि दर्जनौँ घरमा क्षति पुगेको छ, त्यसैगरी ताप्लेजुङको खेवाङमा थुप्रै घर नष्ट भएका छन्’, उनले भने ।
ताप्लेजुङका अन्य गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उनको भनाइ छ । ताप्लेजुङका यातायात बन्द भएको र टेलिफोनका टावर विद्युत् गृहमा क्षति पुगेको, पाँचथरमा सडक पुल भत्किएको उनको भनाइ छ ।
सांसद भट्टराईले भने , पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारले घटनाको सम्पूर्ण जानकारी दिनुपर्छ । विपत्सँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले सम्पूर्ण विपत्को अवस्थाको जानकारी सदनमा गराउनुपर्छ ।
उनले पुल र सडकको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सदनमा जानकारी दिनु माग गरे । भत्किएका सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply