अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरूवात, करण केसीले लिए चार विकेट
५ असार,काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो उत्कृष्ट सुरुवात गरेको छ । जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ।
पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। चारै जनालाई नेपालका करण केसीले आउट गरे। करणले १.५ ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १. ६ ओभरमा मुकामालालाई आरिफ शेखबाट क्याच गराए।
यस्तै ७. ५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए। यस्तै करणले १ रनमा आरिफबाट क्याच गराउँदै उत्कृष्ट बलिङको नमुना देखाए। त्यतिबेला अमेरिकाले ९. २ ओभर ४ विकेट गुमाउँदा १८ रन बनाएको स्थिति थियो।
खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।
सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए।
नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो । अंक तालिकाको नेट रनरेटमा भने नेपालभन्दा अमेरिका अगाडि रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply