आईसीसी विश्वकप छनोट :नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
९ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट्स् क्लबमा हुने खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।
नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।
यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो। अमेरिकालाई भने ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ।
अंक तालिका
समूह एमा रहेको वेस्ट इन्डिज २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ४ अंक बनाएको जिम्बावे नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अंकका साथ तेस्रो स्थानमा छ। २ खेलमा हार र १ खेलमा जित हासिल गरेको नेपाल २ अंकका साथ चौथो स्थानमा छ। लगातार ३ खेलमा पराजित अमेरिका भने सुपर सिक्सको दौडबाट बाहिरिसकेको छ।
समूह बीमा २ खेलबाट ४ अंक बनाएको ओमान शीर्ष स्थानमा छ। समान २ अंक भए पनि नेटरनरेटका कारण श्रीलंका दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ। समान दुई खेलमा हार भोगेका आयरल्यान्ड चौथो र यूएई अंक तालिकाको पुछारमा छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply